भक्तपुर जिल्ला लिग फुटबल सुरु

भक्तपुर जिल्ला लिग फुटबल सुरु



भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुरमा भक्तपुर जिल्ला लिग २०८०-०८१ सुरु भएको छ । प्रतियोगिताको बागमति प्रदेशका सांसद् सुरेश श्रेष्ठले एक समारोहवीच उदघाटन गरे । 

प्रतियोगिता असार १ गतेसम्म चल्ने एन्फा भक्तपुरका अध्यक्ष रुपेश धौबञ्जारले जनाए । उनका अनुसार प्रतियोगितामा ९ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा २० वटा म्याचहरु हुने छन् । प्रतियोगिता प्रत्येक दिन साँंझ ४ बजे भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेका छन् । 

प्रतियोगिताबाट पहिलो, दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल टिम क्वललाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

पहिलोलाई एक लाख, दोश्रोलाई ५० हजार र तेश्रो हुन सफल टिम क्लवलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने जनाइयो । साथै उत्कृष्ट खेलाडीलाई १० हजार र अन्य विभिन्न विधाहरु उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोचलगायतलाई पनि प्रति व्यक्ति पाँंचपाँंच हजार नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । जिल्ला तहमा वर्षमा एक पटक हुने यो नै सवैभन्दा ठूलो फुटवल प्रतियोगिता हो ।