नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा किरण पौडेल मनोनित

नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा किरण पौडेल मनोनित



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका सदस्य किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मिएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री भएका थिए । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उनले काम गरेका छन् ।

अब पौडेलले संसारभरका नेपाली जनसम्पर्क समितिलाई हेर्ने छन् ।

विभिन्न देशका नेपाली जनसम्पर्क समितिहरुले लामो समयदेखि अधिवेशन गरेका छैनन् ।