एटलान्टासँग इन्टर मियामी पराजित

एटलान्टासँग इन्टर मियामी पराजित



काठमाडौँ । इन्टर मियामी अमेरिकन लिग सकर अन्तर्गतको खेलमा पराजित भएको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-१ गोल अन्तरले परजित भएको हो ।

एटलान्टाको जितमा साबा लोब्जहान्डलजेले २ गोल गरेका थिए भने जर्नल थियरेले एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल लियोनेल मेसीले गरेका थिए ।

इन्टर मियामीको यस सिजनमा यो तेस्रो हार हो । १७ खेलमा ३४ अंक हासिल गरेको इन्टर मियामी शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै एटलान्टाको भने यो १५ खेलमा चौथो जित हो । १५ खेलमा १६ अंक हासिल गरेको एटलान्टा लिगको १२औं स्थानमा रहेको छ ।