अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

अमेरिकी दूतावासद्वारा सन्दीपलाई भिसा दिन फेरि अस्वीकार



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तरवार्ताका लागि बाेलाएर भिसा फेरि रिजेक्ट गरेकाे छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियाे ।

यसअघि ९ जेठमा पनि टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी२० विश्वकप खेल्न जाने तयारीमा थिए । नेपाली टोली यसअघि नै विश्वकप खेल्न त्यसतर्फ गइसकेको छ ।