सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गर्याे : क्यान

सबै पहल हुँदा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गर्याे : क्यान



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सन्दीपको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले जारी विज्ञप्तिमा भनिएको छ ।

जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि आज दोस्रोपटक अमेरिकी दूतावासले फेरि उनलाई अन्तरवार्तामा बोलाएको थियो । तर, आज पनि भिसा दिन अस्वीकार गरेको हो ।