काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि छलफल हुँदैछ ।
बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले बताएको छ ।
सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।
प्रतिक्रिया