क्यानडालाई ७ विकेटले पराजित गर्दै अमेरिकाको विजयी शुरुवात

क्यानडालाई ७ विकेटले पराजित गर्दै अमेरिकाको विजयी शुरुवात



काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।

यो जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ ।

अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।