मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘स्काइवाक टावर’मा २० प्रतिशत सम्म छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘स्काइवाक टावर’मा २० प्रतिशत सम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालिसँग काठमाडौंकोे कमलादीमा रहेको ‘स्काइवाक टावर’ (Sky walk tower) को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग द्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ATM Visa मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट नि:शुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।