गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा फैसलाकाे मिति तय

गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा फैसलाकाे मिति तय



काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा आउँदो साउन १३ गतेलाई मिति तय गरिएकाे छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ १ देखि हेर्दा हेर्दैमा राखेर सुनुवाइ गरेको उक्त मुद्दामा आज अन्तिम सुनुवाइ गरेको छ । असार २१ भित्र बहस नोट पेस गर्न र साउन १३ गते फैसला हुने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

विशेषको फैसला विरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।

विशेषबाट जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।