निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ



काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।

चलचित्र ‘प्रसाद २’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।