एमाले पोखरा महानगरकाे अध्यक्षमा आचार्य निर्वाचित

एमाले पोखरा महानगरकाे अध्यक्षमा आचार्य निर्वाचित



पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराएका हुन् ।

आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।

पदाधिकारीतर्फ पनि आचार्य प्यानल नै विजयी भएका छन् ।