सुरक्षित र भरपर्दो बैंकको रुपमा ग्लोबल आइएमई बैंक सम्मानित

सुरक्षित र भरपर्दो बैंकको रुपमा ग्लोबल आइएमई बैंक सम्मानित



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।

इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई ‘इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स‘ विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरु सहितको सुरक्षित र भरपर्दो बैंकको रुपमा परिचित छ ।

ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।