मकवानपुर । नेकपा एमाले मकवानपुरकाे अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।
उनले ३१३ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानले २६२ मत ल्याए ।
अध्यक्षमा निर्वाचित भएका पोखरेल एकीकृत समाजवादीबाट एमाले फर्किएका हुन् ।
उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन् । भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले ४७६ मत ल्याए ।
सचिवमा सीता विष्ट, खुला उपसचिव फुर्वा दोर्जे लामा र महिला उपसचिवमा आरती पाठक निर्वाचित भएका छन् ।
प्रतिक्रिया