सिंहदरबारमा प्रचण्ड, ओली र माधवबिच छलफल

सिंहदरबारमा प्रचण्ड, ओली र माधवबिच छलफल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएकाे छ ।

आज बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको थियो । तीन नेताबिच बजेट र सहकारीको रकम अपचलनको छानबिन गर्न बनेकाे संसदीय छानबिन समितिको कामकारवाहीबारे छलफल भएको बुझिएको थियाे ।

त्यसअघि प्रचण्ड र माधवबिच भेटवार्ता भएको थियो ।