बाइडनद्वारा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न नयाँ आदेश जारी

बाइडनद्वारा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न नयाँ आदेश जारी


ग्लोब नेपाल
270
Shares

अमेरिकी राष्ट्रपति जो बाइडनले मेक्सिकोको सीमाबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको ठूलो संख्या रोक्ने गरी नयाँ कार्यकारी आदेश जारी गरेका छन् ।

यो आदेशले बाइडनलाई निर्वाचनमा कमजोर बनाउन सक्ने आँकलन समेत गरिएको छ । यो आदेशसँगै अमेरिकामा शरण लिनका लागि अनुरोध गरिएका कागजातको प्रशोधन नगरी अवैध रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई तुरुन्त निस्कासन गर्न सकिनेछ ।

अमेरिकाले मुद्दाहरूको गति बढाउन र अत्यधिक बोझ भएका अमेरिकी अध्यागमन अदालतहरूमा दबाब कम गर्ने उद्देश्यले नयाँ कार्ययोजना सार्वजनिक गरेको हो ।

राष्ट्रपति बाइडनले हिजो धेरै सीमावर्ती शहर मेयरहरूसँग एक कार्यक्रममा नयाँ आदेशका विषयमा कुराकानी समेत गरेका छन् । उनले नयाँ आदेशले सीमामा नियन्त्रण गर्न सहयोग गर्ने बताएका छन् ।