प्रधानमन्त्रीलाई पोखरामा सहकारी पीडितले देखाए कालो झन्डा

प्रधानमन्त्रीलाई पोखरामा सहकारी पीडितले देखाए कालो झन्डा



पोखरा । पोखरामा सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएका छन् ।

बुधवार प्रधानमन्त्रीलाई कालो झन्डा र ब्यानर देखाएपछि सहकारी पीडितहरूमाथि प्रहरीले धरपक्कड गरेको छ ।

पोखराको सभागृहमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा देखाएका थिए । सहकारी पीडितहरुले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारासमेत लगाएका थिए ।

कालो झण्डा देखाउने ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएकाे छ । प्रहरीको कुटाइबाट घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।