आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भव्यताका साथ मनायो विश्व वातावरण दिवस

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले भव्यताका साथ मनायो विश्व वातावरण दिवस



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा ५ मे २०२४ का दिन विहान साइकल ¥यालिको आयोजना गरी ‘वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो‘ जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनायो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, पर्वतारोही छिरिङ्ग शेर्पा, लायन्स क्लब काठमाडौं पिस आइडलका तथा स्पार्क ग्रुपका प्रतिनिधीहरुको उपस्थिति थियो ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियलका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल ¥यालिमा सहभागि भएका थिए ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीउं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाडौंका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे ।

कार्यक्रमा लायन्स क्लब काठमाडौंका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षण सहित स्थस्थ्य जीवनशैली तर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह सबैलाई धन्यवाद दिए । साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल ¥यालिमा सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरियो ।

आइजीआई प्रुडेन्सियल निर्जीवन बीमाको क्षेत्रमा सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्दै आएको छ ।