एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित



काठमाडौँ । नेकपा एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट बद्री मैनाली अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनमा मैनालीले ३४५ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानले २३७ मत मात्र पाएका छन् ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत मात्र पाएका छन् । त्यसैगरी उपाध्यक्ष राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् । उनले ३४७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत मात्र पाएका छन् ।

सचिवमा शिव चित्रकार, उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे, महिला उपसचिवमा रुपा सापकोटा निर्वाचित भएका छन् ।