टी–२० विश्वकप : श्रीलंकाविरुद्ध बंगलादेशको राेमाञ्चक जित

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध बंगलादेशको राेमाञ्चक जित


ग्लोब नेपाल
540
Shares

काठमाडौं । टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाविरुद्ध बंगलादेशले रोमाञ्चक जीत निकालेको छ । आज भएको खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो । श्रीलंकाको यो लगातार दोस्रो पराजय हो ।

जीतका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए । उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए । लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए ।

मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए ।