हमास नियन्त्रणमा रहेका ४ बन्धकको जिवितै उद्धार

हमास नियन्त्रणमा रहेका ४ बन्धकको जिवितै उद्धार


ग्लोब नेपाल
81
Shares

इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ ।

इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ । त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको जनाएको हो ।

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।