टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी

टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो । 

अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए । 

त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।  अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए । 

यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समुह बि मा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ । 

अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।