प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा


ग्लोब नेपाल
216
Shares

नयाँदिल्ली, २९ जेठ । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन्।

महरसँगै कांग्रेस नेता सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर हिजाे सोमबार सिंहको स्वास्थ्य अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए।

मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

‘सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुग्नु भएको हो। उहाँको अवस्था सुधारोन्मुख छ। स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ,’ महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो।