मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्र विन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित श्री भवानी आधरभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला सँग सहकार्य गरि निर्माण गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रम बीच विद्यालयलाई हस्तारण गरिएको छ । सो भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदान समेत गरेका थिए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।