मिति परिवर्तन गर्ने टुल्समा समस्या देखिएपछि आजका वेबसाइटहरुमा मिति बेमेल

मिति परिवर्तन गर्ने टुल्समा समस्या देखिएपछि आजका वेबसाइटहरुमा मिति बेमेल


ग्लोब नेपाल
162
Shares

काठमाडौं । आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ । एक दिन अगाडी भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ । कम्प्युटर प्राविधिकका अनुसार अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिन अगाडीको मिति देखिएको हो ।

अङ्ग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको र असार ३२ गतेको महिना रहेको थियो तर जेठ ३२ गतेको महिना पञ्चाङ्ग निर्माण समितिले तय गरेपछि आज असार १ गते देखिएको हो । अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो ।