आगामी आर्थिक वर्षको बजेट ल्याउँदै कर्णाली प्रदेश सरकार

आगामी आर्थिक वर्षको बजेट ल्याउँदै कर्णाली प्रदेश सरकार


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

आज दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।

यस्तै आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि संसदको बहुमतले पारित गरेको थियो।