स्कटल्याण्ड पराजित हुँदा इङल्याण्ड सुपर आठमा

स्कटल्याण्ड पराजित हुँदा इङल्याण्ड सुपर आठमा


ग्लोब नेपाल
108
Shares

अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समुह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुदै सुपर आठमा पुगेको छ ।

त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरिएको हो ।