पावरप्लेमा नेपालको शानदार बलिङ

पावरप्लेमा नेपालको शानदार बलिङ

बंगलादेशले ५ विकेट गुमायो


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै चार विकेट लिएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले ९ ओभरमा आफ्ना ५ प्रमुख ब्याट्सम्यानलाई गुमाएर ५२ रन बनाएको हो ।

बंगलादेशका तान्जिद हसन शुन्य, लिटन दास १०, कप्तान नाजमुल होसैन शन्तो ४ र टोविद हृदयले ९ रन बनाएर आउट भएका छन् । 

नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए । उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका छन् ।