६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ, अनुसन्धान हुँदै

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ, अनुसन्धान हुँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको कमपनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ ।

यसै गरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतमा २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको छ । सीआईबी स्रोतका अनुसार भारतको दिल्लीमा पक्राउ परेका व्यक्ति पनि सुन तस्करी गिरोहका सदस्य हुन् ।