काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ ।

बैंकको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।