मिचेल स्टार्क बने विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

मिचेल स्टार्क बने विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी



काठमाडौं । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

आईसीसी टी–२० विश्वकपको ‘सुपर–आठ’ मा आज बिहान बङ्गलादेशसँगको खेलमा १ विकेट लिएका स्टार्क टी–२० र एकदिवसीय विश्वकपमा गरी सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन् । श्रीलङ्काका बलर लसिथ मलिङ्गालाई पछि पार्दै उनी शीर्ष स्थानमा पुगेका हुन् ।

मिचेल स्टार्कले टी–२० र एकदिवसीय विश्वकपमा गरी ९५ विकेट लिएका हुन् । यस्तै दोस्रो स्थानमा रहेका मलिङ्गाले ९४ विकेट लिएका छन् । यसैगरी बङ्गलादेशका शकिब अल हसनले ९२, न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८७ र बङ्गलादेशकै महमुदुल्लाहले ७९ विकेट लिएका छन् ।