पोर्चुगल जारी युरोकपको नकआउट चरणमा

पोर्चुगल जारी युरोकपको नकआउट चरणमा


ग्लोब नेपाल
54
Shares

पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।

यो पोर्चुगलको लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो । समुह एफ मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ । त्यस्तै टर्कीको २ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब पोर्चुगलले समुह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोहि दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।  

रोमानियामाथि बेल्जियमको जित

बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।

पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो जितपछि बेल्जियम समुह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शिर्ष स्थानमा छ ।

अब बेल्जियमले समुह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ ।