कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हरायो

कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हरायो



काठमाडौँ । कोपा अमेरिका फुटबलमा मेक्सिकोले जमैकालाई हराएको छ । आज बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १–० गोलले हराएको हो । मेक्सिकोले खेलको ६९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

त्यस्तै आज बिहान नै भएको अर्को खेलमा भेजनेजुयलाले १० खेलाडीमा समेटिएको इक्वेडरलाई २–१ गोलले हरायो । जितसँगै समूह ‘बी’ मा रहेका मेक्सिको र भेनेजुएलाले पहिलो खेलमा समान तीन अङ्क जोडेका छन् ।