अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  

आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुइ जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो ।

अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले  अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सारका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालयका तत्कालीन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, केन्द्रका शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।

त्यस्तै अख्तियारले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल्स र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाएको छ ।

मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वत: निलम्बनमा परेका हुन् ।

कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक सो मुद्दा किनारा नभएसम्म स्वत: निलम्बनमा रहने उल्लेख छ ।