टोकियो । जापानी बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सनले अबको १० वर्षमा मान्छेभन्दा १० हजार गुणा बाठो कृत्रिम बौद्धिकता (एआई) आउने बताएका छन् । उनले शुक्रबार सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् ।
त्यतिबेला उनले आफ्नै जीवनको उद्देश्यमाथि पनि प्रश्न उठाएका थिए । भविष्यमा संसार कृत्रिम अति बुद्धिमान (एएसआई) हुने उनको भनाइ छ ।
उनले आगामी तीनदेखि पाँच वर्षभित्र सुरुमा आउने जनरल एआई (एजीआई) मान्छेभन्दा १ देखि १० गुणा बढी बाठो हुने बताएका थिए । एजीआई मान्छेभन्दा धेरै बाठो नभए हामीहरूले जीवन यापनको शैली र मानव जीवनको संरचना फेर्न जरुरी नहुने उनको भनाइ छ ।
तर एएसआईको मामिला बिल्कुल फरक रहेको र यसमा व्यापक सुधार देख्न सकिने उनी बताउँछन् । उनले मानव मस्तिष्कमा भएका न्यूरोन्सले जस्तै एएसआईका विविध मोडलहरूले कसरी एक अर्कासँग अन्तरक्रिया गर्छन् भनेर व्याख्या पनि गरेका थिए ।
यसले एआईलाई कुनै पनि प्रतिभावान् मान्छेभन्दा १० हजार गुणा बाठो बनाउने बताइएको छ । सन सफ्ट बैंकका संस्थापक हुन् ।


प्रतिक्रिया