काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले स्वागत गरेका छन् ।
नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकका लागि चिनियाँ उपविदेशमन्त्री काठमाडौं आएका हुन् ।
संयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनका अधिकारीहरुबीच सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको जनाएको छ ।
यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।


प्रतिक्रिया