प्रधानमन्त्री राम्रो जादुगर बन्नुभयाे : रमेश लेखक

प्रधानमन्त्री राम्रो जादुगर बन्नुभयाे : रमेश लेखक



काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएका बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए ।

उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे । उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिक बाँच्नु परिरहेको बताए ।

उनले अहिले पनि धेरै चुनौतीहरू नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए ।

‘कतिपय चुनौतीहरू अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ’ उनले भने, ‘अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो सङ्ख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाँच्नुपरिरहेको छ ।’

उनले लोकतन्त्र भनेको विचारको बजार भएको समेत बताए ।