माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना एक वर्षभित्र सम्पन्न गरिने

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना एक वर्षभित्र सम्पन्न गरिने


ग्लोब नेपाल
54
Shares

रसुवा । रसुवाको आमाछोदिङ्मो र उत्तरगया गाउँपालिका-१ मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ २ सय १६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण कार्य तीव रूपमा भइरहेको छ ।

सन् २०२६ को डिसेम्बरभित्र बिद्युत उत्पादन गर्ने लक्षका साथ आयोजनाले निर्माणस्थलमा ११ सय कामदार लगाइ कामलाई तीब्रता दिएको हो । सन् २०१९ देखि निर्माण सुरु गरिने भनिए पनि सन् २०२१ को जनवरी महिनाबाट सुरु भएको यस आयोजनाको पावरहाउस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, ३ सय ४१ मिटरको ठाडो सुरूङ लगायतका अन्य सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ ।

ड्याम साईड तथा बिद्युतगृहको कामसहित समग्र भौतिक प्रगति भने ३५ प्रतिशत पुगेको आयोजनाका सामाजिक बिकास अधिकृत यज्ञ पाण्डेले बताए । उनका अनुसार सुरूङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

आमाछोदिङ्मो गाँउपालिका-१ को हकु बेसीमा बाँध बाँधी ६ मिटर गोलाइको ९ हजार ४ सय ९१ मिटर ‘हेडरेस’ सुरूङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पुर्‍याई तीनवटा टर्वाइनबाट २ सय १६ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

उत्पादित बिद्युत भने उत्तरगया गाँउपालिकाको भदौरेस्थित रसुवागढी जलबिद्युत आयोजनको राट्रिय प्रशारणलाईनमा जोडिने बताइएको छ । आईएफसी, कोरिया एक्जिम, एसियाली विकास बैंक,कोरियन डेभलबमेन्ट बैंक लगायत बिभिन्न देशका ९ वटा बैंक तथा दातृ संस्थाको सहुलियत पूर्ण कर्जा सहयोगमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांनले औँल्याएका र स्थानीयको माग तथा आवश्यकतालाई प्राथमिकता दिइ काम गरिरहेको छ ।

यसैगरि आयोजनाले हाकुबेँसीमा बेलिबृज पुल निर्माण गरेको छ भने बिद्यालयलाई छात्राबास र हाकुमा सुरक्षा चौकीलाई जग्गा खरिद, सडक निर्माण लगायत कार्यहरु गरेको आयोजनाका ईन्जिनियर बिप्लब खड्काले बताए ।

आयोजना निर्माण सम्पन्न गर्न ८० अर्ब लागत लाग्ने अनुमान गरिएको यो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना पनि हो ।