अष्ट्रेलियामै रेकर्ड गरेर ल्याइयो कौडा गीत सालीनानी

अष्ट्रेलियामै रेकर्ड गरेर ल्याइयो कौडा गीत सालीनानी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । अष्ट्रेलियामा निर्माण गरिएको कौडा तथा चुड्का गीत ‘सालीनानी…’ को भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा गणेश गुरुङ र सुष्मा पुनको स्वर रहेको छ । गीतमा दुर्गा गुरुङ, तेजेन्द्र दुरा, भिमु गुरुङ र सुमितामी परियारको पनि स्वर छ ।

यो गीतको शब्द तथा संगीत गणेशले सृजना गरेका हुन् । गीतको संगीत संयोजन दुर्गा गुरुङको रहेको छ । गीतमा मिक्सिङ मास्टरिङः कृष्ण लामिछानेको रहेका छ । अष्ट्रेलियाको नोपोमेलो रेकर्डिङ स्टुडियोमा यो गीत समिर आचार्यले रेकर्ड गरेका हुन् ।

सालीनानी गीतको भिडियो छायाँकन पनि अष्ट्रेलियामै गरिएको हो । जसमा फूलु मगरको कोरियोग्राफी देख्न सकिन्छ । भिडियोमा गणेश गुरुङ र सपना पून, विन्दु गुरुङ, शिला गुरुङ, सृष्ठि मगर, स्वार्निमा गुरुङ, स्मृति गुरुङ, प्रिया गुरुङलगायतको अभिनय छ । भिडियोलाई राजीव बलामीले निर्देशन गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई राजिव बस्नेतले छाँयाकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।