काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले राजदूत फिर्ता गरेर नाता र दाताको आधारमा नियुक्त गरिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै सांसद खतिवडाले प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाइरहेको अवस्थामा भारतका राजदूतले हटाउन लागेको खबर थाहा पाएकोले कूटनीतिक रूपमा सरकार असफल रहेको बताए ।
‘फेरि नयाँ राजदूतहरू नियुक्त गरिए, केहीले यसमा मेरो रुचि नै छैन है भन्दै बिचैबाट भागेको देखियो । केही स्वार्थ बाझिने गरी नाता र दाताका आधारमा नियुक्त गरिए । म्यानपावर व्यवसायीहरू त्यहाँ पेसा गर्न नियुक्त भए भन्ने खबर सुन्नमा आएको छ जवाफ चाहियो’ सांसद खतिवडाले भने ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन गरे पनि त्यसलाई फिर्ता ल्याउन किन पहल नभएको भन्दै प्रश्न गरे ।
प्रतिक्रिया