राष्ट्रसंघीय अधिकारीद्वारा गाजा र वेस्ट बैंकमा चरम संकटको चेतावनी

राष्ट्रसंघीय अधिकारीद्वारा गाजा र वेस्ट बैंकमा चरम संकटको चेतावनी



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार सुरक्षा परिषद्‌मा गाजा र वेस्ट बैंकमा बढ्दो संकटको चेतावनी दिएका छन् ।

सुरक्षाका परिषद्को नियमित बैठकका क्रममा मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा ‘विनाशकारी मानवीय संकटको वर्णन गर्दै नागरिकहरू शत्रुता र पूर्ण विच्छेदको प्रभावबाट पीडित भएको बताए । संकट वृद्धिले ‘यस क्षेत्रका लागि थप पीडा र विनाशकारी परिणामतर्फ मात्र धकेलिरहेको उनले उल्लेख गरे ।

वेन्नेसल्यान्डले चलिरहेको इजरायली बस्ती विस्तारलाई कुनै कानुनी वैधता नभएको औल्याउदै अन्तर्राष्ट्रिय कानुन र सान्दर्भिक संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको स्पष्ट उल्लंघन भएकोप्रति आपत्ति व्यक्त गरे । यसै सन्दर्भमा इजरायल सरकारलाई बस्ती विस्तारका सबै गतिविधि तुरुन्तै बन्द गर्न वेन्नेसल्यान्डले आग्रह गरे ।

उनले आावासीय क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको निन्दा गर्दै भने, “अस्पताल र संयुक्त राष्ट्र परिसरलगायत छिमेक र महत्त्वपूर्ण पूर्वाधारहरू नष्ट गरेको छ ।”

वेन्नेसल्यान्डले प्यालेस्टिनी र इजरायलीबिचको हिंसा र आक्रमणलाई उल्लेख गर्दै हिंसाका सबै अपराधीलाई जवाफदेही बनाउन र तुरुन्त न्याय दिलाउनुपर्छ भन्ने कुरामा जोड दिए ।

यसै क्रममा उनले लेबनान र इजरायली सशस्त्र फौजलाई छुट्याउने सीमा ब्लू लाइनमा इजरायल र हेजबुल्लाहबीच सम्भावित सैन्य वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे ।

वेन्नेसल्यान्डले इजरायली वित्तीय बाधाद्वारा बढेको प्यालेस्टिनी प्राधिकरणको वित्तीय संकटलाई सम्बोधन नगरिए प्यालेस्टिनी वित्तीय प्रणालीलाई गम्भीर असर पर्ने चेतावनी दिँदै कब्जामा रहेको वेस्ट बैंकको आर्थिक र सुरक्षाका लागि वित्तीय मुद्दाहरूको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरे ।