एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन

एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन



काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नेतृत्वमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महासचिव घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन् ।

बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् । छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।

अब अध्यक्षमा माधव नेपाल र भुसालबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । असार १६ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्वका लागि खनालले आफू चुनाव नै लड्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । आज भुसालसँगको भेटमा खनालले सर्वसम्मत हुने अवस्थामा मात्रै आफू अध्यक्ष बन्ने बताएका छन् । तर, चुनाव नै हुने अवस्था आए खनालले भुसाललाई अघि सार्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

यता हालका अध्यक्ष नेपाल पनि महाधिवेशनमा आफू सर्वसम्मत अध्यक्ष हुने दाबी गरिरहेका छन् । गएको आइतबार राति अध्यक्ष नेपालले खनाललाई सर्वसम्मतिमा नेतृत्व चुन्ने प्रस्ताव राखेका थिए ।