कोपा अमेरिका फुटबलमा भेनेजुयला र इक्वेडर विजयी

कोपा अमेरिका फुटबलमा भेनेजुयला र इक्वेडर विजयी



काठमाडौँ । कोपा अमेरिका फुटबलमा भेनेजुयलाले मेक्सिकोलाई हराएको छ । सोफि स्टेडियममा आज भएको समूह ‘बी’ को खेलमा भेनेजुयलाले मेक्सिकोलाई पेनाल्टीमा गोल गरेर हराएको हो ।

भेनेजुयलाका लागि खेलको ५१ औँ मिनेटमा सलोमन रोनडनले पेनाल्टीमा गोल गरे । यो जीतसँगै लगातार दुई खेल जितेको भेनेजुयला छ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसैबीच आज बिहान भएको यही समूहको अर्को खेलमा इक्वेडरले जमाइकालाई ३ –१ गोल अन्तरले हराएको छ । यो समूहमा इक्वेडर तीन अंकसहित दोस्रो स्थानमा, मेक्सिकोतेस्रो स्थानमा र जमाइका पुछारमा रहेका छन् । कोपा अमेरिकामा भोलि पानामा र अमेरिका तथा उरुग्वे र बोलिभियाबीच खेल हुनेछ ।