काेपा अमेरिका कपमा पनामा र अमेरिका तथा उरुग्वे र बाेलिभिया खेल्दै

काेपा अमेरिका कपमा पनामा र अमेरिका तथा उरुग्वे र बाेलिभिया खेल्दै



काठमाडौं । कोपा अमेरिका फुटबलमा भोलि बिहान दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने ४ बजे एटलान्टमा समूह ‘सी’ का पनामा र अमेरिका खेल्दैछन् । अमेरिका १ खेलमा ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेको पनामा तेस्रो स्थानमा छ ।

यस्तै बिहान पौने ७ बजे न्यु जर्सीमा यही समूहका उरुग्वे र बोलिभिया खेल्दैछन् । उरुग्वे १ खेलमा ३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा हार बेहोरेको बोलिभिया पुछारमा छ ।

कोपा अमेरिका फुटबलमा आउँदो जुलाई ३ तारिखसम्म समूह चरणका खेल हुनेछन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।