एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक बौद्धबाट पक्राउ

एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक बौद्धबाट पक्राउ



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनी राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई बौद्धबाट पक्राउ गरिएको जानकारी दिए ।

शुक्रबार पक्राउ परेक उनी प्रहरीको खोजी सूचीमा रहेको भएपनि पक्राउ परेका थिएनन् ।

बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए