पराग्वेविरुद्ध ब्राजिलको फराकिलो जीत 

पराग्वेविरुद्ध ब्राजिलको फराकिलो जीत 


ग्लोब नेपाल
81
Shares

ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले १-१ गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पराग्वेले कोस्टा रिकाको सामना गर्ने छ ।