भारतले जित्यो टी- २० विश्वकपको उपाधि

भारतले जित्यो टी- २० विश्वकपको उपाधि


ग्लोब नेपाल
135
Shares

भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।

यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।

त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ ।