अर्जेन्टिना र क्यानडा कोपा अमेरिकामा लगातार तेस्रो जित

अर्जेन्टिना र क्यानडा कोपा अमेरिकामा लगातार तेस्रो जित


ग्लोब नेपाल
270
Shares

अर्जेन्टिना र क्यानडा जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा पुगेका छन् । आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई २–० ले र क्यानडाले चिलीसँग बराबरी खेलेर क्वाटरफाइनलमा पुगेका हुन् ।

समुह चरणको अन्तिम खेलमा चिलीसँग गोलरहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।

आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।

यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ । यो सँगै समुह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।