करिब ४ घण्टा चल्याे प्रचण्ड र ओलीबीच वान टु वान वार्ता

करिब ४ घण्टा चल्याे प्रचण्ड र ओलीबीच वान टु वान वार्ता

के-के विषयमा भयो छलफल ?



काठमाडौँ । बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे वार्ता सकिएकाे छ ।

वान टु वान वार्तापछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन् ।

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् ।

अध्यक्ष ओलीले बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको प्रधानमन्त्री प्रचण्डलाई बताएका थिए ।

यस्तै बैठकमा मन्त्रीमण्डल पुनर्गठनका विषयमा पनि कुराकानी भएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा कसरी सहभागी गराउने भन्नेबारे पनि अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच संवाद भएको दाहालले बताइन् ।

शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

कांग्रेसको प्रस्तावमा ओली सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइएकाे छ । कांग्रेस एमाले अध्यक्ष ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार देखिएको छ ।

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले बताएकाे छ ।