सन्दीप र दीपेन्द्रको टोलीको कप्तानमा रिजवान

सन्दीप र दीपेन्द्रको टोलीको कप्तानमा रिजवान



काठमाडौं । क्यानडामा आयोजना हुने चौथो संस्करणको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध वैंकूवर नाइट्सले कप्तानका रुपमा पाकिस्तानका क्रिकेटर मोहम्मद रिजवानलाई चयन गरेको छ ।

टोलीले रिजवानलाई कप्तानका रुपमा चयन गरेको सामाजिक संजालमार्फत जनाएको छ । टोलीमा पाकिस्तानका कप्तान बाबर अजाम रहेपनि रिजवानलाई कप्तानीको जिम्मेवारी दिईएको छ ।

वैंकूवर नाइट्समा मोहम्मद आमिर, आसिफ खान, रुबेन ट्रम्पलम्यान लगायतका खेलाडी आबद्ध रहेका छन् ।

लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल टोरन्टो नेशनलमा अनुबन्ध भएका छन् । लिग २५ जुलाईबाट सुरु हुनेछ । वैंकूवर नाइट्सको पहिलो खेल २५ जुलाइमा टोरन्टो नेशनलसँग रहेको छ ।