अध्यक्ष ओलीले मन्त्रीहरुलाई बालकोट बोलाए

अध्यक्ष ओलीले मन्त्रीहरुलाई बालकोट बोलाए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बालकोटबाट बोलाएका छन् ।

सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने एमालेका एक मन्त्रीले बताए ।

यस अघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टा भन्दा बढी छलफल गरेका थिए । छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको दाबी गरिएको छ ।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।

शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।